लालबन्दी, १९ फागुन – तेस्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा बिजेता भएर आएका सर्लाहीका खेलाडीलाई आज लालबन्दीमा सम्मान गरिएको छ ।
नेपाल क्योकुशिन कान कराँते संघ सर्लाहीबाट प्रतिनिधित्व गर्दै काठमाडौं पुुगेको टोली च्याम्पियन बनेर फर्किएको हो । दशरथ रंगशाला काठमाडौंमा फागुन १६ र १७ गते सम्पन्न राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा टिम क्याम्पियन भएर फर्किएको प्रशिक्षक शक्ति साहले जानकारी दिए ।
कराँतेमा बिजेता बनेर आएका खेलाडीलाई लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, निवर्तमान नगरप्रमुख मानबहादुर खड्का, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकी मगर, उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देविबन्धु थापा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन), क्योकुशिन कान कराँतेका प्रशिक्षक भिमप्रसाद काफ्ले (सुवास) लगायत भएर बिजेता खेलाडीलाई अबिर तथा खादा लगाएर सम्मान गरेका छन् ।
तेस्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा सर्लाहीबाट विश्व लामा ,धर्मेन्द्र राम, भवानी बुढाथोकी, सागर राई, उषा रिजाल ,रितेस बुढाथोकी र सुरज बानियाँ सहभागी भएका थिए ।