logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खेलाडी काठमाडौं प्रस्थान


  • उज्यालो अभियान

लालबन्दी, १५ फागुन – भोली र पर्सी काठमाडौंमा हुने २४ औँ आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताका लागि आज सर्लाहीबाट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

केही दिनअघि छनौट गरिएका खेलाडी काठमाठौं प्रस्थान गरेका नेपाल अन्तराष्ट्रिय आइटिएफ तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिनुभयो । राष्ट्रिय प्रतियोगिताका लागि २५ देखि ६० केजी तौल समूहमा महिला र पुरुष गरी १३ जना खेलाडी छनौट गरिएको छ ।

छनौटमा परेका खेलाडीमा पुरुषतर्फ दीपसन गोले, सक्षम श्रेष्ठ, एलेक्स जेन्डर राय, अविशेक यादव, सर्मपण गहतराज, आर्य प्रजापति र सुनिल महतो रहेका छन् ।

त्यस्तै महिलातर्फ लक्ष्मी कार्की, कविता महतो, सुमिना मगर, मुना विक, खुसी स्याङ्बो र यूूना विक रहेका छन् ।