logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यार्थीलाई ४५ प्रतिसत गाडी भाडा छुट दिन नेविसंघको माग


  • उज्यालो अभियान

लालबन्दी, ११ फागुन – नेपाल विद्यार्थी संघ (नेविसंघ) को जनज्योति बहुमुखी क्याम्पस इकाइ समिति लालबन्दीले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिसत भाडा छुट दिन माग गरेको छ ।

नेविसंघ इकाइ समितिका कार्यवाहक सभापति विवेक दास बनियाले आज प्रेस विज्ञप्ती जारी गर्दै संयुक्त विद्यार्थी संघसंगठन र सरकारबिच पटक–पटक भएको सहमती अनुसार विद्यार्थीलाई ४५ प्रतिसत भाडा छुट दिने निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । तोकिएको भाडा छुटको सुविधा तत्काल उपलब्ध गराउन पहल नभए चरणवद्ध आन्दोलनमा उत्रने नेविसंघको क्याम्पस इकाइ समितिले चेतावनी दिएको छ ।

विद्यार्थीलाई सार्वजनिक सवारीमा यात्रा गर्दा ४५ प्रतिसत भाडा छुट दिने निर्णय सर्लाहीमा कार्यान्वयन हुन सकेको छैन् । सोही विषयलाई मध्यनजर गर्दै नेविसंघले आज प्रेस विज्ञप्ती जारी गरी सम्वन्धित निकायको ध्यानाकर्षण गराएको हो ।