घटनास्थल ।
गोडैता, ०९ फागुन – सर्लाहीको गोडैता नगरपालिका–९, रोहुवास्थित गहुँ खेतमा आज दिउँसो एक पुरुष मृत फेला परेका छन् ।
रौतहटको गढिमाई नगरपालिका–२, हथियौल घरभई रोहुवामा रहेको ससुुरालीमा बसेर सागसब्जी बेच्दै आएका ४५ वर्षीय शुद्धिलाल साह मृत फेला परेका हुन् । गहुँखेतमा रहेको बिजुलीको ट्रान्सफर्मरमुनि साहलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलको प्रकृति हेर्दा साहको करेन्ट लागेर मृत्युभएको जस्तो देखिएको स्थानीयको भनाई छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टार सिंहले साहको हातमा ट्रान्सफर्मरमा जोडिएको अर्थिङको तार छोइरहेको र नजिकै एक थान पिलास समेत फेला परेको उज्यालो अभियानसँग बताए ।
प्रहरी निरीक्षक सिंहका अनुसार मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।