logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जंगली हात्तीद्वारा गौतमले गरेको केरा खेतीमा व्यापक क्षति


  • उज्यालो अभियान

रानिगन्ज, ०८ फागुन – सर्लाहीमा दुुई रातदेखि निरन्तर जङ्गली हात्तीको समूहले उपन्द्रो मच्चाइरहेको छ ।

महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरेर सर्लाही प्रवेश गरेका पाँचवटा जङ्गली हात्तीले घर भत्काउने, घरभित्र राखिएको अन्नपात खाइदिने र बालीनाली नष्ट गर्ने गरिरहेको हो । हात्तीले गएराति लालबन्दी नगरपालिका–१७, रानिगन्जमा स्थानीय शिवहरि गौतमले गरेको केरा खेतीमा व्यापक क्षति पुुर्याएको छ ।

हात्तीको समूहले २०० भन्दा बढी केराको बोट नष्ट पारेको गौतमले बताएका छन् । यसै वर्षदेखि व्यावसायिकरुपमा केरा खेती गरेका युवा गौतमलाई हात्तीको समूहले ठूलो क्षति पुुर्याएको हो ।

हात्तीले केरा खेती आसपासमा अन्य किसानले लगाएको उन्नत जातको मकै बालीमा समेत क्षति पुुर्याएको छ । आज बिहान ५ बजेतिर केरा खेतीमा पानी पटाउन जाँदा हात्तीको हूल आएर व्यापक क्षति पुु¥याएको देखिएको गौतमले उज्यालो अभियानसँग गुनासो पोखे ।

जङ्गली हात्तीको बथान नै आएपछि रानिगन्ज क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

यही हात्तीको समूहले मङ्गलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा एक विपन्न परिवारको घर भत्काइदिएको थियो । हात्तीले ८६ वर्षीया धनमाया तामाङको कच्ची घर भत्काइदिएको स्थानीय वीरबहादुर पाख्रिनले बताएका छन् ।