logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी ९ का २७ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण


  • उज्यालो अभियान

लालबन्दी ०७ फागुन – लालबन्दी नगरपालिका वडा नं. ९ का जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत् २७ जना बालबालिकालाई आज पोसाक वितरण गरिएको छ ।

वडा कार्यालयको सहयोगमा बाल संरक्षण संस्था लालबन्दीले वडा नं. ९ मा घर भई जनज्योति माविको बाल विकासदेखि कक्षा ५ सम्म पढ्ने वडाभित्रका २७ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यता, लालबन्दी ९ का वडा सदस्य विनोद तिमल्सिना, समाजसेवी शिव न्यौपाने, रामबाबु साह, सुरेन्द्र न्यौपाने लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

यस्तै आज नै बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षतामा विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले व्यक्तिगत कारणले देश बाहिर गएपछि कोषाध्यक्ष ज्ञानुदेवी बस्नेतको स्थानमा मीनादेवी देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।