logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जनज्योतिमा प्रणय दिवस मनाइयो, प्रेमपत्र वाचनमा अधिकारी पहिलो


  • उज्यालो अभियान

लालबन्दी, ०२ फागुन – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आज प्रणय दिवस मनाइएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पस कमिटीको आयोजनामा प्रणय दिवस मनाइएको हो । दिवसको अवसरमा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम गरिएको स्ववियु सदस्य तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाइ समितिका कार्यवाहक सभापति विवेक बानियाले जानकारी दिए । प्रेमपत्र लेखन तथा वाचनमा विश्वास अधिकारी पहिलो, इशा धमला दोस्रो र एकता लामिछाने तेस्रो भएका छन् ।

प्रतियोगिताको निर्णायकमा क्याम्पसका प्रध्यापक धनन्जय पौडेल (विवश) र रमेश भट्टराई तथा ईश्वरपुर नगरपालिकाका शिक्षा अधिकृत दिनेश लुईटेल रहेका थिए । स्ववियु सभापति अभिमन्यु चौधरीको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको प्रमुख आतिथ्यतामा प्रणय दिवस मनाइएको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख वीरेन्द्र चौधरी, निवर्तमान क्याम्पस प्रमुख उमेश तिमल्सिना, क्याम्पसको प्रध्यापक संघका सभापति भुवन काफ्ले, पूर्व स्ववियु सचिव नारायण गुर्मछान, नेविसंघको पूर्व क्याम्पस इकाइ सभापति मनोज बख्रेल, नेविसंघका विद्यार्थी नेता आदित्य महतो, अरविन्द साह, विद्यार्थी गुणस्तर वृत्तका संयोजक एकता लामिछानेलगायतको आतिथ्यता रहेको कार्यक्रम संचालक निर्मल अधिकारी (सफल) ले बताए ।

सोही कार्यक्रममा प्रध्यापक धनन्जय पौडेल (विवश) ले आफूले लेखेको ‘धर्तीको जुन’ गजल संग्रह र सर्लाहीका प्रतिनिधि गजलकारले लेखेको ‘संयुक्त गजल संग्रह’ क्याम्पसको पुस्तकालयमा राख्नका लागि क्याम्पसलाई हस्तान्तरण गरेका छन् ।