logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान


  • उज्यालो अभियान

हरिपूर्वा, ०१ फागुन – सर्लाहीको हरिपूर्वा नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नगरपालिका कार्यालयमा बोलाएर कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो । विद्यालयलाई कार्यालय प्रयोजनका लागि कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरप्रमुख विनोदकुमार साह तेली, प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह र शिक्षा शाखाका डोरबहादुर तामाङले विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेका छन् । नगरप्रमुख साहले पालिकाभित्रका सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने अभियान अन्तर्गत भवन तथा शौचालय निर्माण र नगरको पुरानो केश्वर गरिब जनता माध्यमिक विद्यालयलाई नमूना बनाउन पहल भइरहेको बताएका छन् ।