logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सुरु


  • उज्यालो अभियान

हरिपुर, २२ माघ – सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ ।

शिविर भोलीसम्म संचालन हुने छ । आज पहिलो दिन ४० जना महिलाले सेवा लिएका छन् । मेरी स्टोप्स्का सर्जन डा.सुुरेश शाक्य नेतृत्वको स्वास्थ्यकर्मी टोलीले स्थायी बन्ध्याकरणको सेवा दिने छ ।

शिविरको आज बिहान प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवं हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षता तथा हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादवको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

शिविरको उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, सर्जन चिकित्सक सुरेश शाक्य, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. राकेश ठाकुर, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक अनिल चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा सेवा लिन आउने प्रत्येक महिलालाई एक/एक केजी हर्लिक्स प्रदान गर्ने गरिएको वडाध्यक्ष थापाले बताए ।