logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यार्थीलाई दिवा खाजा खुवाउन कचौरा सहयोग


  • उज्यालो अभियान

रीना आले/उज्यालो अभियान

हरिवन, २२ माघ – सर्लाहीको हरिवन नगरपालिका–११, का वडा सदस्य गीता कुमारी राउतले विद्यार्थीलाई दिवा खाजा खुवाउनका लागि आफ्नो वडाको एक विद्यालयलाई कचौरा सहयोग गरेकी छन् ।

हरिवन नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी राउतले बालगंगा प्राथमिक विद्यालय हरिवन ११ लाई ३ सय थान कचौरा प्रदान गरेकी हुन् । हिजो सरस्वती पूजाको अवसर पारेर विद्यालयमै पुगी कचौरा सेट हस्तान्तरण गरिएको राउतले उज्यालो अभियानसँग बताईन् ।

केही दिनअघि विद्यालयको अनुगमनमा पुग्दा दिवा खाजा खान बालबालिकालाई कचौरा नै नभएको बिजोग अवस्था देखेपछि आफ्नो व्यक्तिगततर्फबाट प्रत्येक बालबालिकालाई खाजा खान हुने गरी कचौरा प्रदान गरेको वडा सदस्य राउतको भनाई छ । उनले हरिवन ११ का वडाध्यक्ष शेष महबुव रेजा, वडा सचिव कृष्ण शर्मा, अनेमसंघकी केन्द्रीय सदस्य रीता मैनालीलगायतको उपस्थितिमा प्रधानाध्यापक पूजा सरार्फलाई कचौरा हस्तान्तरण गरेकी हुन् ।

आवश्यक भाँडा नहुँदा बालबालिकालाई दिवा खाजा खुवाउनै अप्ठेरो परिरहेका बेला वडा सदस्य राउतले प्रदान गरेको सहयोगबाट सहज भएको भन्दै प्रधानाध्यापक सरार्फले खुसी व्यक्त गरिन् ।