भक्तिपुर, १९ माघ – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयको हिरक जयन्तीका अवसरमा आज बिहान प्रभातफेरी निकालिएको छ ।
विद्यालयको ६० औँ स्थापना दिवस अर्थात् हिरक जयन्तीका अवसरमा बिहान नगरपरिक्रमा गर्दै प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपश्चात विद्यालय प्राङ्गणमा धार्मिक अनुुष्ठानका कार्यक्रम गरिएको प्रधानाध्यापक सीताराम दाहालले जानकारी दिए । विद्यालयको हिरक जयन्ती समारोहको मुख्य कार्यक्रम भोलीका लागि तय गरिएको छ ।
भोली मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको प्रमुख आतिथ्यतामा हिरक जयन्ती मनाइने प्रधानाध्यापक दाहालले बताउनुुभयो ।