logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज बागमतीमा शिव परियार सहितका कलाकारहरुको प्रस्तुती


  • उज्यालो अभियान

बागमती, १८ माघ – तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा आज शुक्रबार बागमती स्थित माछा पोखरी ‘भरत ताल’ परिसरमा वृहद् साँस्कृतिक महोत्सव हुदैछ ।

बागमती नगरपालिका वडा नं.४ र १२ मा पर्ने तालमा आयोजित महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने नेपाल तामाङ घेदुङ बागमती नगर अध्यक्ष जय बहादुर गोलेले जानकारी दिए । महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषाका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित गायक/गायिकाहरु शिव परियार, इन्दिरा गोले, संजिव घिसिङ तामाङ, टीका बोम्जन, प्रकाश तितुङ तामाङ लगायत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिका संयोजक रोशन लामाले बताएका छन् ।

मध्यान्हबाट सूरु हुने कार्यक्रममा ठूूलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान सहित स्थानीय स्वयंसेवक परिचालन गरिने संयोजक लामाले बताए । महोत्सवले तामाङ समुदायको उत्थानका टेवा पुग्ने र आफ्नो पहिचानको पनि उत्थान हुने आयोजकले विश्वास लिएको छ ।