logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

परिवार नियोजन बन्ध्याकरण घुम्ती शिविर


  • उज्यालो अभियान

बयलवास, १४ माघ – सर्लाहीको ईश्वरपुर नगरपालिकामा परिवार नियोजन बन्ध्याकरण सम्वन्धी २ दिने घुम्ती शिविर सुरु भएको छ ।

स्वास्थ्य कार्यालय मलंगवाको आयोजना तथा नगरपालिका कार्यालयको समन्वयमा वडा नं. ६ बयलवासस्थित नगर अस्पताल ईश्वरपुरमा परिवार नियोजनको बन्ध्याकरण शिविर सुरु भएको हो । शिविर भोलीसम्म संचालन हुने छ ।

शिविरमा सन्तानको रहर पूरा भएका महिला तथा पुरुषले स्थायी बन्ध्याकरण गराउन सक्ने व्यवस्था रहेको ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुुगेन्द्र महतोले जानकारी दिए । यस्तै नगरपालिका कार्यालयले जनसेवा अस्पताल बर्दीवाससँग समन्वय गरी आज नगर अस्पतालकै परिसरमा एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ ।

पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झर्ने तथा महिलामा हुने प्रजनन रोग सम्वन्धी जाँच तथा उपचारको लागि एकीकृत प्रजनन स्वास्थ्य शिविर सुरु भएको हो । दुवै शिविरको नगरप्रमुख मनोजकुमार आचार्यले उद्घाटन गरेका छन् ।