logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यालयमा १ लाख ५ हजारको अक्षयकोष स्थापना


  • उज्यालो अभियान

लालबन्दी, ११ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–६, मा रहेको प्रेमज्योति आधारभूत विद्यालयमा स्थानीय देविबहादुर कार्कीले एक लाख ५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

लालबन्दी ६ कै कार्कीले विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा गरिब छात्रछात्रालाई छात्रावृत्ति प्रदान गर्नका लागि अक्षयकोषको स्थापना गरेका हुन् । कार्कीले अक्षयकोषको रकम बराबरको चेक आज विद्यालयका प्रधानाध्यापक तुलसा गौतमलाई प्रदान गरेका छन् ।

अक्षयकोष स्थापना गर्न रकम प्रदान गर्ने कार्कीलाई विद्यालयले खादा ओढाएर सम्मान समेत गरेको छ । विद्यालयमा विगत ३ वर्षदेखि लालबन्दी नगरपालिका ६ कै विनोद भट्टराईले स्थापना गरेका अक्षयकोषबाट विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिँदै आएको छ ।

विद्यालयले आज नै वडाध्यक्ष लालबहादुर योन्जन, व्यवस्थापन समितिका पदाधिकारी, अक्षयकोषदाता द्वय विनोद भट्टराई र देविबहादुर कार्कीलगायतको उपस्थितिमा दोस्रो त्रैमासिक परीक्षामा पहिलो, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।