logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जय गंगाको साधारणसभा सम्पन्न


  • उज्यालो अभियान

हरिपूर्वा, २८ पुस – जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिपूर्वाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गणेश यादवको अध्यक्षता एवं हरिपुर्वा नगरपालिकाका उपप्रमुख सुमित्रा देवीको प्रमुख आतिथ्यतामा आइतबार जय गंगाको वार्षिक साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथि उपप्रमुख सुनिता देवी एवं अध्यक्ष गणेश यादवले संस्थाका कर्मचारीलाई सम्मान समेत गरेका छन् ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ८८ लाख ४३ हजार  ६ सय ५० रुपैया १५ पैसा ब्याज प्राप्त गरेको छ भने १३ लाख ९४ हजार ३ सय ४८ रुपैया ३४ पैसा विविध स्रोतबाट आम्दानी गरेको र सम्पूर्ण खर्च कटाएर ४ लाख ४९ हजार ९ सय १ रुपैयाँ ५० पैसा खुद मुनाफा रहेको प्रबन्धक मुकेश झाले जानकारी दिए । संस्थाले हालसम्म १२ करोड १२ लाख ५८ हजार १ सय ८० रुपैयाँ ३५ पैसाको कारोबार गरेको छ ।