logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

स्कुल बस हस्तान्तरण


  • उज्यालो अभियान

बयलवास, १९ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिकाले वडा नं. ६ मा रहेको नारायण माध्यमिक विद्यालयलाई आज एक थान स्कुल बस हस्तान्तरण गरेको छ ।

विद्यार्थीको अत्यधिक चाप रहेको विद्यालयलाई नगरपालिकाले स्कुल बस खरिद गरेर हस्तान्तरण गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रन्जिता देवी चौधरीले बसको साँचो विद्यालयका प्रधानाध्यापक फणिराज बराललाई हस्तान्तरण गरेका छन् ।

स्कुल बस प्राप्त भएसँगै विद्यालयलाई टाढाका विद्यार्थी विद्यालय ल्याउन, लैजान सहज भएको छ ।