हरिवन, १८ पुस – सैलेश जननी फाउन्डेसनले अति विपन्न ४५ परिवारलाई चिसाेबाट बच्नका लागि न्यानाे कपडा वितरण गरेकाे छ ।
विहिबार बिहान हरिवन नगरपालिकाका ४५ परिवारलाई फाउण्डेशनद्वारा उपलब्ध गराइएकाे फाइबर सिरक वितरण गरिएकाे नेपाली कांग्रेस हरिवन-८ का वडा सभापति रामहरि बुढाथाेकीले जानकारी दिए । बुढाथाेकीका अनुसार हरिवन नगरपालिका-८ का ३५ र वडा नम्बर ७ का १० गरि जम्मा ४५ विपन्न परिवारलाई जाडाेबाट बच्नका लागि न्यानाे सिरक वितरण गरिएकाे हाे । सिरक वितरण कार्यक्रममा समाजसेवी भरत कुमार कार्की, उद्याेग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पाेते लगायतकाे उपस्थिती रहेकाे थियाे ।
हाल अमेरिकामा रहेका हरिवन नगरपालिका-११ निवासी सैलेश-जननी दम्पतिले फाउण्डेशन मार्फत शैक्षिक क्षेत्र सहित अन्य विभिन्न क्षेत्रमा राहत तथा सहयाेग प्रदान गर्दै आएका छन् ।