बयलवास, १५ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।
हिजो सम्पन्न संस्थाको २१ औँ वार्षिक साधारण सभाले लक्ष्मण साह अध्यक्ष रहने गरी ७ सदस्यीय नयाँ संचालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रमिला देवी थरुनी, सदस्यहरुमा मेनकुमार गौतम, इब्राहिम अन्सारी, रन्जुुदेवी झा, मन्तोरिया देवी पासवान र नागेन्द्र साह रहेका छन् । यस्तै साधारण सभाबाट प्राध्यापक चन्द्रदेव महतो संयोजक, कृष्ण कुमारी र चन्दादेवी चौधरी सदस्य रहेको तीन सदस्यीय लेखा समिति एवं कुन्तिदेवी साह, योगनारायण चौधरी, रामप्रताप साह र उमाकान्त साहलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
संस्थाले सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहको विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा कूल ६२ करोड ३४ लाख ९२ हजार ८११ रुपैयाँ कूल कारोवार गरी ३४ लाख ९२ हजार ९९ रुपैयाँ खूद मुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत भरत साहले जानकारी दिए । साहका अनुसार मलंगवा, बरहथवा, गोडैता, पर्सालगायत स्थानमा रहेका सेवा केन्द्र तथा उपसेवा केन्द्रमा समेत साधारण सभा गरेर अन्तिम साधारण सभा हिजो बयलवासस्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरिएको हो ।