सुखेपोखरी, १२ पुस – सर्लाहीको हरिवनस्थित चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा हिजो ‘चतुर्भूजेश्वर एकेडेमिक जर्नल–२०२४’ को विमोचन गरिएको छ ।
क्याम्पस अनुसन्धान व्यवस्थापन इकाइले प्रकाशित गरेको उक्त पुस्तकको राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर यादवको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । चिनका ए जना, देशका अन्य ठाउँका ९ जना प्रोफेसरले अनुसन्धान गरेको विषय उल्लेख गरेको पुस्तकमा चतुर्भूजेश्वरका मात्र ६ जना प्राध्यापकले समेत आफ्नो अनुसन्धानको विषयलाई समेटेका पूर्व क्याम्पस प्रमुख हरिलाल मैनालीले जानकारी दिए ।
पुुस्तकको विमोचन कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलानलगायतको आथ्यिता रहेको थियो ।