लालबन्दी, २३ मंसिर – मधेश प्रदेश रग्वी संघको प्रथम अधिवेशन हिजो सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत रुपमा संघको प्रदेश अध्यक्षमा सर्लाहीका रन्जित साह, उपाध्यक्षमा महोत्तरीका सुुरिन्द्र साह, सचिवमा सिरहाका निसेस श्रेष्ठ, कोषाध्यक्षमा सर्लाहीकी मनिता हुुमागाईंसहित १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।
मधेश प्रदेश सरकारका युवा, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यता तथा रग्वी संघका महासचिव गोविन्द घिमिरेको विशिष्ठ आतिथ्यतामा रग्वी संघको प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको हो ।