महाकाली युवा क्लब रानिगन्जको टिम ।
बागमती, २० मंसिर – महाकाली युवा क्लब रानिगन्जले सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा आयोजित प्रथम जिरायत कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
आज सम्पन्न फाइनल खेलमा आरएफसी हरिवनलाई ट्राइब्रेकरमा पराजित गर्दै महाकालीले उपाधि रक्षा गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको आयोजक ऊँ युवा क्लब जिरायतले जनाएको छ ।
जितसँगै महाकालीले नगद ५० हजार ५१ रुपियाँसहित प्रथम जिरायत कपको ट्रफी उचालेको छ । उपबिजेता आरएफसी हरिवनले भने २५ हजार ५१ रुपियाँमा चिक्त बुुझाउनु परेको छ ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती र प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहलगायत भएर पुरस्कार वितरण गरेका छन् ।