लालबन्दी, २० मंसिर – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुुमुुखी क्याम्पसले आज आफ्नो रजत जयन्ति मनाएको छ ।
लालबन्दी ९ बस्तीपुरस्थित क्याम्पस प्राङ्गणमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको अध्यक्षता तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीको प्रमुुख आतिथ्यतामा क्याम्पसले रजत जयन्ति मनाएको हो । क्याम्पस स्थापना भएको २५ वर्ष पुुगेको अवसरमा आयोजित रजत जयन्ति समारोहमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
रजत जयन्तिका अवसरमा क्याम्पसले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको क्याम्पसको पूर्व स्ववियु सभापति युवराज देवकोटाले जानकारी दिए ।
समारोहमा क्याम्पस स्थापना कालका मरणोप्रान्तसहित ११ जना संस्थापक सदस्य, व्यवस्थापन समितिका पूूर्व अध्यक्ष, पूर्व क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, अक्षयकोषदाता, संरक्षकलगायतलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पसका उपप्रध्यापक बाबुुराम दाहालले संचालन गरेको कार्यक्रममा क्याम्पस प्रमुख उमेश तिमल्सिनाले क्याम्पसको परिचयसहितका विषयमा प्रकाश पारेका थिए ।