महाकाली युवा क्लब रानिगन्जको टिम ।
बागमती, १९ मंसिर – सर्लाहीको बागमती नगरपालिका–४, मा आयोजित प्रथम जिरायत कप फुटबलको उपाधिका लागि महाकाली युवा क्लब रानिगन्ज र आरएफसी हरिवनले खेल्ने भएका छन् ।
गएसाँझ सम्पन्न प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बागमती फुटबल एकेडेमीलाई सर्डन डेथमा पराजित गर्दै महाकालीले आरएफसीसँगको उपाधि भिडन्त पक्का गरेको हो । आरएफसी सोमबार भएको पहिलो सेमिफाइनल खेलमा रतनपुर युनाईटेड युथ क्लब बारालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल भोली हुने छ । ऊँ युवा क्लब जिरायतको आयोजनामा प्रतियोगिता संचालन भइरहेको छ ।
प्रतियोगिताको बिजेताले ५० हजार ५१ रुपैयाँ र उपबिजेतो २५ हजार ५१ रुपैयाँ प्राप्त गर्ने आयोजकलाई उदृत गर्दै संचारकर्मी राजु लो तामाङले जानकारी दिए ।