logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा पनि डिजिटल धर्मकाँटाको सुरुवात


  • उज्यालो अभियान

नयाँराेड, १८ मंसिर – नेपाल ट्रक यातायात व्यवसायी माहासंघले सर्लाहीमा पनि मंगलबारदेखि डिजिटल धर्मकाँटा संचालनमा ल्याएको छ ।

सर्लाही ट्रक व्यवसायी संघले हरिवन नगरपालिका-१० नयाँरोडमा संचालन गरेको धर्मकाँटालाई डिजिटलाईजेसन गरिएको हो । नेपालकै पहिलाे डिजिटल धर्मकाँटा धादिङको धार्केमा सञ्चालनमा रहेकाे र याे दाेस्राे भएकाे सर्लाही ट्रक व्यवसायी संघका अध्यक्ष राम बहादुर दवाडीले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै नेपाल ट्रक यातायात व्यवसायी माहासंघका माहासचिव राजेन्द्र विक्रम बानियाले धर्मकाँटामा डिजिटलाईजेसन भएपछि सवारीधनीले आफ्नो सवारीमा लोडभएको सामान, चालकको स्थिति, वजन लगायत बारेमा घरमै बसेर थाहापाउने तथा नेपाल सरकारको यातायात ब्यवस्था विभागमा समेत रेकर्ड हुने हुँदा अवैध सामाग्री ओसारपसार तथा बढ्दो दुर्घटनाको जोखिम समेत नियन्त्रण हुने दाबी गरे । महासंघका केन्द्रिय सदस्य बद्री चौलागाईद्धारा संचालित कार्यक्रममा पूर्व रक्षा मन्त्री एवं संघीय सांसद हरि उप्रेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन नगरपालिकाका पूर्व प्रमुख गणेश प्रसाद प्रसाई, नगर उप-प्रमुख हरिमाया घलान, हरिवन वडा नं. १० का अध्यक्ष शम्भुप्रसाद मैनाली, ईलाका प्रसाशन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, नेपाल ट्रक यातायात व्यवसायी माहासंघका सह-कोषाध्यक्ष राजन केसी, माहासंघका मधेस प्रदेस संयोजक धुर्व अर्याल, सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजाेस घिमिरे, कार्यक्रमका संयोजक सर्लाही ट्रक ब्यवासयी संघका अध्यक्ष रामबहादुर दवाडी, नारायणी यातायात ब्यवसायी संघका सचिव शालीग्राम ढकाल, तराई यातायात ब्यवसायी संघका माहासचिव अर्जुन अधिकारी, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोते लगायत सर्लाही ट्रक ब्यवसायी संघका पदाधिकारीहरुको आतिथ्यता रहेको संघका वरिष्ठ उपाध्यक्ष रामकुमार खड्काले जानकारी दिए ।