हरिवन, १६ मंसिर – सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ९ स्थित प्रावि विष्णुपुरलाई खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
शिक्षाबाट कोही पनि वन्चित नहुन भनेर कान सुन्न र बोल्न नसक्ने विद्यार्थीहरुलाई उपयोग होस भनि शैक्षिक सामग्री वितरण गरिएको हो । सामाजिक तथा राजनितिक ब्यक्तित्व भरत कुमार कार्की, शिक्षकद्वय राजन कार्की र डिल्लिरमण भट्टराई, जननी शैलश फाउन्डेसनका संरक्षक धनराज बुढाथोकी, युवा व्यक्तित्व रन्जित धमला,सिद्दार्थ ओली र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा शिक्षक एवं विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ३५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ ।