logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रहरीद्वारा लालबन्दीका पसलबाट लाखाैंकाे अवैध सामान बरामद्


  • उज्यालो अभियान

लालबन्दी, १० मंसिर – इलाका प्रहरी कार्यालय लालबन्दीले दुइवटा किराना पसलबाट भन्सार छलिका ६ लाख १० हजार ७६० रुपैया बराबरकाे विभिन्न किराना सामान बरामद् गरेकाे छ ।

लालबन्दी प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन पाठक नेतृत्वमा खटिएकाे टाेलीले आइतबार दिउँसाे लालबन्दी नगरपालिका-७ अन्तर्गत लालबन्दी बजार स्थित आनन्द ट्रेडर्स खाद्यान्न पसलबाट ३ लाख ७३ हजार १६० रुपैया र कैलाश ट्रेडर्स खाद्यान्न पसलबाट २ लाख ३७ हजार ६०० रुपैया बराबरकाे अवैध सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । बरामद् सामानहरुमा ५० किलाे दरका ११५ बाेरा चिनी सहित खाने तेल, चक्लेट, बिस्कुट, चना, रहरी, राजनिवास पराग लगायत रहेका छन् ।

उक्त पसलहरुमा भन्सार छलेर चाेरी पैठारी गरिएका सामानहरु रहेकाे सूचनाका आधारमा छापा मारिएकाे प्रहरीले जनाएकाे छ । बरामद् सामानहरु आवश्यक कारबाहीका लागि आइतबार नै भन्सार कार्यालय मलंगवा बुझाइएकाे प्रहरीले जनायाे ।