logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उन्नत जातको उखु लगाउन किसानसँग अपिल


  • उज्यालो अभियान

गोडैता, १० मंसिर – सर्लाहीका तीन वटा पालिकाले किसानलाई राम्रो उत्पादन हुने उन्नत जातको उखु खेती गर्न अपिल गरेका छन् ।

जिल्लाको गोडैता नगरपालिका, बलरा नगरपालिका र रामनगर गाउँपालिकाले आज संयुक्त अपिल जारी गर्दै महँगीको युुगमा उच्च रिकबरी आउने नयाँ उन्नत जातको उखु ‘अर्ली भेराइटी’ खेती गरेर प्रतिकट्ठा ४० देखि ५० क्विन्टल उत्पादन गर्न अपिल गरेका हुन् । ३०–४० वर्ष पुरानो जातको उखु लगाउँदा चिनीको रिकबरी कम आउने तथा उखुुको उपज पनि कम हुने हुँदा किसान र उद्योगी दुवैलाई मर्का पर्ने भन्दै आधुुनिक प्रविधिको प्रयोग गरी उन्नत जातको उखु लगाउन यि तीनवटा पालिकाले अनुुरोध गरेका छन् ।

किसानलाई उन्नत जातको उखुु खेतीका लागि चिनी मिलले प्रोत्साहन गर्नुपर्ने पालिकाहरुको भनाई छ । गोडैताका नगरप्रमुख देवेन्द्र यादव, बलराका नगरप्रमुख रामाशङ्कर कुुशवाहा र रामनगरका अध्यक्ष राजाबाबु यादवले हस्ताक्षर गरी जारी गरेका अपिलमा उद्योगको नाममा बिचौलियाले काँटा सञ्चालन गरी आफ्नो नाममा उखुु तौल गराइ किसानले पाउने सरकारी अनुुदानको रकम समेत शोषण गरिरहेको भन्दै आफ्नो पालिकाभित्र कुनै पनि काँटा अर्थात् उखु खरिद केन्द्र नराख्न अपिल गरिएको छ ।

किसान आफूले उब्जाएको उखुु आफ्नो राजीखुसी कुुनै पनि चिनी उद्योगलाई बिक्री गर्न पूर्ण स्वतन्त्र रहेको पालिकाहरुले जनाएका छन् ।

विज्ञप्तीमा किसानको पुरानो बक्यौता रकम बाँकी रहेका उद्योगलाई उद्योग संचालन भएको १५ देखि २० दिनभित्र पुरा भुक्तानी गर्न अनुरोध गरिएको छ । त्यस्तै उद्योगपतिले अबको उखु क्रसिङ सुरु गरेपछि ३० देखि ४५ दिनभित्र अनिवार्य रुपमा किसानबाट खरिद गरिएको उखुुको तालिका नै बनाएर भुक्तानी दिन माग गरिएको छ ।