logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरकाे आँखा शिविरमा २६५ जनाको शल्यक्रिया


  • उज्यालो अभियान

ईश्वरपुर, ०३ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविर आइतबार सम्पन्न भएकाे छ ।

ईश्वरपुर नगरपालिका-९ मा सञ्चालित शिविरमा १ हजार २३५ जनाले आँखा परीक्षण गराएका छन् । जसमध्ये २६५ जनाकाे माेतियाविन्दुकाे शल्यक्रिया गरिएकाे र ३२५ जनालाई चस्मा तथा ८६३ जनालाई औषधि वितरण गरिएको आयोजकहरूले जनाएका छन् ।

ईश्वरपुर नगरपालिकाकाकाे आयाेजनामा कात्तिक २७ गतेदेखि सञ्चालित शिविरमा भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही, र नेपाल स्काउटको सहकार्य रहेकाे थियाे ।