logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनकाे व्यापार मेलामा सांगितिक प्रस्तुती


  • उज्यालो अभियान

हरिवन, ०२ मंसिर – सर्लाहीको हरिवनमा तीन दिने `हरिवन व्यापार तथा औद्योगिक मेला महाेत्सव २०८१’ जारी छ ।

हरिवन बजार स्थित महेन्द्र राजमार्ग किनारमा आयाेजित मेला अन्तर्गत यस क्षेत्रका कृषि तथा औद्योगिक उत्पादन र व्यापार प्रदर्शनीका लागि २५ वटा स्टल राखिएको छ । हरेक साँझ चर्चित माेडेल तथा डान्सरद्वय ममता चाैधरी र सदिक्षा चाैधरी, प्रश्नचिन्ह सांगितिक ब्याण्ड एवं स्थानीय कलाकारहरुकाे प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक युवराज भण्डारीले जानकारी दिए ।

कोरोना सङ्कट पछि निरन्तर ओरालो लागेको उद्योग तथा व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्य सहित मेलाको आयोजना गरिएको आयाेजक उद्याेग वाणिज्य संघ हरिवनले जनाएकाे छ । `उद्याेग व्यापार हरिवनकाे सान : व्यापार प्रवर्द्धन हाम्राे अभियान’ भन्ने मूलनारा सहित आयाेजित मेलाकाे घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, करदाता सेवा कार्यालय मलंगवा, हरिवन नगरपालिका कार्यालय हरिवन, सर्लाही ट्रक व्यवसायी संघ, मंगलम डेरी नयाँराेड, सर्लाही सुनचाँदी संघ हरिवन सर्लाही, जय सिद्धि विनायक ट्रेडर्स हरिवन, लाेटस् प्लाष्टिक फर्निचर एण्ड हार्डवेयर लगायत सह-आयाेजक रहेका छन् ।

साेमबारसम्म चल्ने मेलाकाे हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथाेकी (रमेश) ले शनिबार दिउँसाे उद्घाटन गरेका थिए । संघका अध्यक्ष प्रयागराज पाेतेकाे अध्यक्षता रहेकाे उद्घाटन समाराेहमा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, वडाध्यक्ष शेख मेहबुब रेजा विभिन्न राजनैतिक दलका नेताहरु, उद्याेगी व्यवसायी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।