logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खोरगाउँलाई तेस्रो वडाकप फुटबलको उपाधि


  • उज्यालो अभियान

हरिवन, १७ कात्तिक – सर्लाहीको हरिवन नगरपालिका-२, लालभित्तीमा आयोजित तेस्रो वडाकप फुटबल प्रतियोगिताको उपाधि खोरगाउँ युवा क्लबले जितेको छ ।

गएसाँझ सम्पन्न फाइनल खेलमा श्रीनगर युवा क्लब ईश्वरपुरलाई १-० गोलले पराजित गर्दै हरिवन २ कै खोरगाउँ युवा क्लबले प्रतियोगिताको प्रथम उपाधि उचालेको हो । बिजेता खोरगाउँले नगद ३० हजार रुपियाँ नगदसहित प्रतियोगिताको ट्राफी हात पारेको छ । उपबिजेता श्रीनगरले भने १५ हजार रुपियाँमा चित्त बुझाएको छ ।

बिजेता तथा उपबिजेता र विधागतरुपमा उत्कृष्ट खेलाडीलाई मधेश प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, हरिवन २ का वडाध्यक्ष अर्जुन योन्जनलगायत भएर पुरस्कार वितरण गरेका छन् । लालभित्ती युवा क्लबको आयोजना तथा हरिवन २ को वडा कार्यालयको प्रायोजनामा वडाकप फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

आफू वडाध्यक्षमा निर्वाचित भएर आएदेखि प्रत्येक वर्ष यसैगरी वडाकप फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको हरिवन २ का वडाध्यक्ष योन्जनले जानकारी दिए ।