जब्दी, ११ कात्तिक – लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा आयोजित लालबन्दी नगर स्तरीय ७ औँ वडाध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नं. २ फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा वडा नं. ४ लाई शुन्यका विरुद्ध एक गोल गर्दै वडा नं. २ ले उपाधिका लागि वडा नं. ८ सँगको भेट पक्का गरेको हो । वडा नं. ८ पहिलो सेमिफाइनल खेलमा शनिबार वडा नं. ९ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
आजको खेलमा वडा नं. २ लाई जिताउन निर्णायक गोल गर्ने राजीव मोक्तान म्यान अफ दी म्याच बन्न सफल भएका छन् ।
प्रतियोगितामा तेस्रो स्थानका लागि भोली वडा नं. ४ र ९ ले खेल्ने छन् । फाइनल खेल भने मंगलबार हुने छ ।
प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुने टिमले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने छन् ।