logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्नपूर्णसँग माँ जानकी ९ विकेटले पराजित


  • उज्यालो अभियान

सुनिल ठाकुर/उज्यालो अभियान

मलंगवा, ०७ कात्तिक – सर्लाही क्रीकेट संघले मलंगवामा आयोजना गरेको सर्लाही क्रीकेट लिग सिजन २ को आज भएको खेलमा अन्नपूर्ण टिमले माँ जानकीलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर व्याटिङ गरेको माँ जानकीले १८.३ ओभरमा अलआउट हुँदै १ सय ७ रन बनायो । माँ जानकीका लागि राहुल कुमार महतोले सर्वाधिक ३१ रन बनाए । अन्नपूर्णका लागि अलि हसन, संदिप खड्का र विनोद खड्काले समान २/२ विकेट लिए । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गर्न आएको अन्नपूर्णले १०.२ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

अन्नपूर्णको लागि परिमार्जन यादवले नटआउट रहँदै ५४ रन बनाए । माँ जानकीका लागि राहुल यादवले मात्र विकेट लिए । खेलको म्यान अफ द म्याच अन्नपूर्णका परिमार्जन यादव भएका छन् ।

भोलीको खेल कंचनजंघा र अन्नपूर्णको बीच हुने आयोजक सर्लाही क्रीकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए । प्रतियोगिताको दुबै सेमीफाइनल खेल बिहीबार र फाइनल खेल शनिवार हुने आयोजकले जनाएको छ ।