logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सागरनाथमा फुटबल प्रतियोगिता सुरु


  • उज्यालो अभियान

सागरनाथ, ०३ कात्तिक – ईश्वरपुर नगरपालिका ४ सागरनाथमा पनि आजबाट स्वर्गिय जगदीशचन्द्र देवमाया सुवेदी स्मृति प्रतिष्ठान गोल्डकप सुरु भएको छ ।

प्रतियोगिताको आयोजक सनसागरनाथ युवा क्लब सागरनाथका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षता तथा मधेश सरकारका खेलकुद मन्त्री प्रमोदकुमार जयसवालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । प्रतियोगिताको पहिलो पुरस्कार एक लाख १ हजार १११ रुपैयाँ र दोस्रो पुरस्कार ५१ हजार १११ रुपैयाँ राखिएको प्रायोजक सन्तोषकुमार सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा १५ वटा टिम सहभागी छन् ।