logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दशैँको खुसी साटासाट गर्दै पाका उमेरका पुरुषबिच मैत्रीपूर्ण फुटबल


  • उज्यालो अभियान

लालबन्दी, २२ असोज – लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित लाफा चौरमा आज पाका  उमेरका पुरुषबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

खेलमा ८५ वर्षका हरिप्रसाद आचार्य, बयोबृद्ध कमलबहादुर खत्रीलगायत अन्य थुप्रै बयोवृद्ध सहभागी भएर फुटबलको रमाईलो लिएका छन् । दशैँजस्तो महान चाडमा खुसीयाली साटासाट गर्दै पाका उमेरका बुवाहरु समेतलाई सहभागी गराएर फुटबल खेल गराइएको कार्यक्रम संयोजक खिलराज सुस्लिङ (भानु) ले जानकारी दिए ।

लालबन्दी ९ बस्तपुरवासीको आयोजना तथा जनज्योति स्पोर्टस् क्लबको संयोजनमा फुटबल खेल खेलाइएको हो । दशैँ मान्न देश, बिदेशबाट गाउँ फर्किएका सबैबिच खुशी र शुभकामना आदानप्रदान गर्दै पहिलो पटक पाका उमेरका बुवाहरुलाई सहभागी गराएर फुटबल खेल खेलाउँदा रमाइलो महशुस गरिएको कार्यक्रम संयोजक सुस्लिङले बताए ।

खेलमा सहभागी सबैलाई मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा प्रमाण पत्र समेत वितरण गरिएको छ ।