logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शिवशक्ति साकोसको २२ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

हरिपुर, १९ असोज – सर्लाहीको हरिपुर नगरपालिका २ मा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको आज २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमेशकुमार साहको अध्यक्षता तथा संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा हरिपुरस्थित अक्षर पाठशालामा साधारण सभा सम्पन्न भएको हो । सभामा हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठ, हरिपुर ८ का वडाध्यक्ष हरिबहादुर थापा, सहकारी रजिष्टारको कार्यालय मधेश प्रदेशका शाखा अधिकृत सुनिल थापा, महावीर जनता मावि हरिपुरका प्रधानाध्यापक अमृतलाल मोक्तान, संस्थाका संस्थापक अध्यक्ष विष्णु चालिसेलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा कूल ८ करोड ४४ लाख १५ हजार ३३६ रुपैयाँ कारोवार गरी ३१ लाख ५४ हजार ९०४ रुपैयाँ खुद मूनाफा आर्जन गरेको जानकारी गराइयो ।

सभामा संस्थाका असल बचतकर्ता, असल ऋणलगायतलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संचालक सूर्यप्रसाद चालिसेले जानकारी दिए ।