logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

डेंगु संक्रमण नियन्त्रणका लागि हरिवनमा सचेतनामूलक कार्यक्रम


  • उज्यालो अभियान

हरिवन, ०२ असोज – हरिवन नगरपालिको डेंगु संक्रमण नियन्त्रण गर्ने उदेश्यसहित बुधबार लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान संचालन गरेको छ ।

हरिवन बजार क्षेत्रमा सचेतनामूलक कार्यक्रमसहित लामखुट्टेको बास स्थान खोजी गर्ने र नष्ट गर्ने अभियान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

स्वास्थ्य संयोजक चौधरीका अनुसार बजार क्षेत्रमा जनाभावी राखिएका थोत्रा टायर, खुल्ला राखिएका ड्रम लगायत सुरक्षितसँग राख्न अनुरोध गरिएको छ ।

स्वास्थ्यकर्मी, विद्यार्थी, जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको उपस्थितिमा भएको सचेतनामूलक कार्यक्रममा मेयर रमेश बुढाथोकी (कमल), प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालगायत सहभागी भए ।