Oplus_131072
हरिवन, ३१ भदौ – मकवानपुरको हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्प राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा हरिवन भेट्रान्स सर्लाही सेमिफाइनल प्रवेश गरेको छ ।
आज बिहान भएको अन्तिम क्वाटरफाइनल खेलमा बगरभाइ खलक भेट्रान्स पोखरालाई सडन डेथमा हराउँदै हरिवन सेमिफाइन प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ गोेलको बराबरीमा सकिएको थियो । त्यसपछि भएको टाइब्रेकरमा पनि ४–४ गोल भएपछि सडनदेथबाट निर्णय लिइएको हो ।