logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

परवानिपुर जंगलमा आगलागीबाट स्कुटर जल्यो


  • उज्यालो अभियान

रानिगन्ज, ३० भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित परवानिपुरतर्फ जाने जङ्गलमा आज दिउँसो आगलागी भएर एउटा स्कुटर जलेको छ ।

रानिगन्ज–परवानिपुर भित्री सडकखण्ड अन्तर्गत रानिगन्ज नजिकै स्कुटरमा आगलागी भएको हो । लालबन्दी नगरपालिका–१५, का सुमन लामाले परवानिपुरबाट लालबन्दीतर्फ चलाइ ल्याएको बागमती प्रदेश–०२–०२५ प ६७८१ नम्वरको स्कुटर स्र्टाट बन्द भइ पुनः स्टार्ट गरी चलाउन खोज्दा आगलागी भएको चालक लामाले बताए ।

स्कुटरमा आगो दन्किएपछि स्थानीय समेत भएर निभाउने प्रयास गरेपनि स्कुटर पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले स्कुटर जलेको घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।