logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा तिज विशेष साँस्कृतिक कार्यक्रम


  • उज्यालो अभियान

बयलवास, १५ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिकाले आज तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं. ६ स्थित नारायण माध्यमिक विद्यालय बयलवासमा नगरपालिकाले राष्ट्रिय खाद्य बैंकसँग समन्वय गरी नारीहरुको महान पर्व तिजलाई लक्षित गरी साँस्कृतिक कार्यक्रम गरेको हो । मेयर मनोजकुमार आचार्यको अध्यक्षतामा आयोजित साँस्कृतिक कार्यक्रममा विभिन्न पेशा व्यवसायबाट समाज रुपान्तरणमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरिएको छ ।

तिजका अवसरमा अहिले जिल्लाभर दिनहुँ यस्ता कार्यक्रमहरु भइरहेका छन् । यो वर्ष हरितालिका तिज भदौ २२ गते परेको छ ।