logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही प्रहरीले पौने २ करोडको सामान भन्सार बुझायो


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०५ भदौ – सर्लाही प्रहरीले साउन महिनामा १ करोड ७९ लाख ४८ हजार ७३० रुपैंया बराबरको सामानहरु नियन्त्रणमा लिएर सर्लाही भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाको टोली तथा मातहतका कार्यालयबाट साउन महिनाभर जिल्लाका विभिन्न स्थानबाट बरामद् गरिएका उक्त मुल्य बराबरका सामग्रीहरु सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । प्रवक्ता डीएसपी श्रेष्ठका अनुसार खुला सिमाको अवसर छोप्दै भारतबाट भन्सार छलेर नेपालतर्फ भित्र्याईएका मोबाईल सेट, किराना समान, लत्ताकपडा, खाद्यपदार्थ, ईलेक्ट्रोनिक्स, कस्मेटिक सामग्रीहरु, मेशिनरी पार्टस्, कुखुराका चल्ला, सवारी साधनहरु समेत नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय बुझाएको हो ।

सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहले सम्हालेयता सर्लाहीमा फरार अभियुक्त एवं प्रतिवादी पक्राउ तथा भन्सार छलीका सामान नियन्त्रण अभियानले तिब्रता पाएको छ ।

यो पनि पढ्नोस्

सर्लाही प्रहरीले ६२० जना फरार प्रतिवादीलाई अदालतमा बुझायाे