logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा एसइईको ग्रेडवृद्धि, तेस्रो दिनसम्म परीक्षा सामान्य रुपमा सम्पन्न


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २५ साउन  – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा सर्लाहीमा आज तेस्रो दिनसम्म सामान्य रुपमा सकिएको छ ।

परीक्षा संचालन गर्न सर्लाहीमा ११ वटा विद्यालयमा परीक्षा केन्द्र (सेन्टर) तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मलंगवाका प्रमुख एवं उपसचिव तारापति खरेलले जानकारी दिए । खरेलका अनुसार सर्लाहीबाट एसइईमा पाँच हजार ८०० विद्यार्थी सहभागी भइरहेका छन् ।

यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि देशभर ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिरहेको हो । परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन् ।