logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका दुई सहकारीलाई उत्कृष्ट सम्मान


  • उज्यालो अभियान

मुख्यमन्त्री सतिश कुमार सिंहबाट सम्मान-पत्र ग्रहण गर्दै सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव ढकाल तथा पदाधिकारीहरु ।

सम्मान-पत्र लिँदै नन्देश्वर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष उमा गाैतम लगायत ।

हरिवन, २० साउन – राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट भन्दै सर्लाहीका २ वटा सहकारी सम्मानित भएका छन् ।

मधेस प्रदेशमै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा हरिवन स्थित सगुन बचत तथा ऋण सहकारी संस्था र महिलाहरुद्वारा संचालित संस्थाहरुमध्ये लालबन्दीमा रहेको नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था सम्मानित भएका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबार एक कार्यक्रमका बिच सगुनका अध्यक्ष केशव प्रसाद ढकाल र नन्देश्वरकी अध्यक्ष उमा गौतमसहित पदाधिकारी संचालकहरुकाे उपस्थितिमा सम्मान-पत्र प्रदान गरेका छन् ।