logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

`भरत ताल’ मा पानी सुक्याे, घुम्न आएका पर्यटक निराश


  • उज्यालो अभियान

बागमती, १९ साउन – भरत ताल उपनामले चर्चित बागमती माछा पाेखरीमा पानी सुकेकाे छ ।

दक्षिणतिरकाे अर्काे पाेखरीमा पनि माथिल्लाे पाेखरीबाट पानी छाडेर भर्न खाेज्दा ड्यामकाे केही भाग भत्किँदा सम्पूर्ण पानी गएकाे र अविरल वर्षा सूरु भएसँगै बागमतीकाे बाढीले तालमा जाने पानीका लागि बनाईएकाे सानाे बाँध समेत भत्काएकाले तालमा नदिकाे पानी आउन छाडेपछि पाेखरी सुकेकाे बागमती नगरपालिका-११ का वडाध्यक्ष प्रदिप आचार्यले जानकारी दिए ।

टाढा-टाढा देखि घुम्न आएका पर्यटक तालमा पानी नदेखेपछि निराश बनेका छन् । विशेषगरि भारतका विभिन्न स्थानबाट बागमती नदिमा जल उठाउनका लागि आएका बाेलबम तिर्थयात्रीहरु भरत तालमा आईपुगेपछि पानी सुकेकाे देखेर अचम्मित बनिरहेका छन् ।

नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी माेक्तान सहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल पाेखरेल, लेखा अधिकृत विश्वराज पाेखरेल सहितलाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भरत तालकै विषयलाई लिएर विशेष अदालतमा मुद्दा दायर गरेकाले पनि ताल व्यवस्थापनमा अन्याैलता छाएकाे बताईएकाे छ ।