(फाईल तस्बिर : उज्यालो अभियान)
पर्सा, १६ साउन – हर्दी खोलाको भेल कुखुरा फार्ममा पस्दा १३ सय बाेईलर कुखुरा मरेका छन् ।
बुधबार बिहान साँढे ३ बजे खाेलाकाे भेल पस्दा पर्सा गाउँपालिका-१ सितलपुर निवासी देवेन्द्र कुमार रायको गौरव पोल्ट्री फार्ममा पालिएका कुखुरा मरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । वर्षाको कारण हर्दी खोलामा बाढी बढेपछि फार्ममा भेल पस्दा १२ सय साना र ठुलो बोईलर कुखुरा सय वटा मरेको तथा दाना ३ बोरा गरि १ लाख २३ हजार २०० रुपैया बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएकाे छ ।