logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नवलपुर स्थित सबस्टेशनमा खराबी, जिल्लाभर बिहानैदेखि विद्युत अवरुद्ध


  • उज्यालो अभियान

नवलपुर, ११ साउन – नेपाल विद्युत प्राधिकरणको नवलपुर स्थित सबस्टेशनमा खराबी हुँदा शुक्रबार बिहानदेखि सर्लाहीभर विद्युत अवरुद्ध भएको छ ।

सबस्टेशन स्थित मुख्य ट्रान्सफर्मरको ब्रेकरमा समस्या आएका कारण विद्युत अवरुद्ध भएको सबस्टेशन प्रमुख सुशिल यादवले जानकारी दिए । ‘मुख्य ट्रान्सफर्मरको ब्रेकरमा समस्या आयो’, यादवले उज्यालो अभियानसँग भने, ‘ढल्केबरबाट सामान मगाएर जडानको काम हुँदैछ, अब केही समयपछि नै विद्युत सुचारु हुन्छ ।’

बिहानैदेखि अत्यन्त गर्मी मौसम रहेकाले विद्युत अवरुद्ध हुँदा सर्बसाधारण मारमा परेका छन् ।