हरिपुर, २४ असार – सर्लाहीको हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले बाल विवाह, कम उमेरमा हुने विवाह र जवरजस्ती रुपमा हुने विवाह अन्त्यका लागि साझेदारी संस्थालाई वकालत र अभियान संचालन सम्वन्धी क्षमता विकास कार्यशाला गोष्ठी सुरु गरेको छ ।
हरिपुर नगरपालिका २ स्थित संस्थाकै सभामा ३ दिने गोष्ठी सुरु भएको हो । सेभ द चिडे«नको सहयोगमा संस्थाले आजबाट सुरु गरेको गोष्ठी असार २६ गतेसम्म संचालन हुने छ ।
संस्थाका सचिव सूर्यप्रसाद चालिसेको अध्यक्षतामा गोष्ठीको सुरुवात गरिएको हो ।