logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आर्थिक अभावले उपचार पाईनन् विमलाले


  • उज्यालो अभियान

हरिपुर, ०९ असार – आर्थिक अवस्था दयनीय भएकै कारण एक युवतीले उपचार पाउन सकेकी छैनन् ।

हरिपुर नगरपालिका-८ निवासी रामबाबु विश्वकर्मा र देवकी विश्वकर्मा दम्पतिकी छोरी विमला विश्वकर्माले उपचार पाउन नसकेकी हुन् । हातगोडा नचल्ने भएका कारण वर्षाैंदेखि ह्विलचेयरमा आश्रित विमलालाई केही दिनअघि काठमाडाैं लगिएपनि आर्थिक अभावले उपचार सूरु गर्न नसकिएकाे आमा देवकीले दु:खेसाे प्रकट गरिन् ।

`नगरपालिकाबाट सिफारिस लिएपछि सरकारले सित्तैमा उपचार गरिदिन्छ हाेला भनेर छाेरीलाई काठमाडाैं ल्याएँ’, उज्यालाे अभियानसँग फाेनमा कुरा गर्दै देवकीले भनिन्, `तर यहाँ त अस्पतालमा ५ लाख भन्दा बढि लाग्छ भनेपछि छाँगाबाट खसेजस्तै भएँ, खान पनि पैसा नभएकाले अहिले काठमाडाैंमै मागेर हिँडिरहेकाे छु, यसाे दानीहरुले सहयाेग गरिदिए छाेरीकाे उपचार हुन्थ्याे ।’

अत्यन्त विपन्न आर्थिक अवस्था रहेकाे हुँदा छाेरीकाे उपचारका लागि सकेकाे सहयाेग गर्न दवकीले याचना गरेकी छिन् । आर्थिक सहयाेगका लागि Bimala Bishwakarma काे नाममा एनआईसी एशिया बैंकमा रहेकाे खाता नम्बर 3265751643287001 मा रकम जम्मा गर्न सकिने छ