logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पिडारीमा विद्यालय भवनको उद्घाटन


  • उज्यालो अभियान

पिडारी, २८ जेठ – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा रहेको रामलगन माध्यमिक विद्यालयमा आज चारकोठे विद्यालय भवनको उद्घाटन गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख रुपियाँ लागतमा निर्माण गरिएको विद्यालय भवनको आज नगर उपप्रमुख निलमदेवी राय यादवले उद्घाटन गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक जवाहारलाल यादवले चारकोठाको दुई तले भवन निर्माण गरिएको जानकारी दिए ।

उनका अनुसार विद्यालयको नयाँ भवन निर्माण ।भएसँगै पठनपाठनमा सहजता भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकरण चौधरीको अध्यक्षतामा आयोजित विद्यालय भवन उद्घाटन कार्यक्रममा पिडारीका वडाध्यक्ष विश्वनाथ राय, नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर रायलगायतको आतिथ्यता रहेको थियो ।