logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा कराँते प्रतियोगिता सुरु


  • उज्यालो अभियान

लालबन्दी, २५ जेठ – सर्लाहीको लालबन्दीमा आजबाट राष्ट्रिय स्तरको कराँते प्रतियोगिता सुरु भएको छ ।

नेपाल क्योकुशिन–कान कराँते सङ्घले लालबन्दी नगरपालिका ७ स्थित कृषि विकास बैङ्कको चौरमा प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा मधेश प्रदेशसहित विभिन्न प्रदेशबाट क्योकुशिन–कान कराँतेका खेलाडी सहभागी भएका प्रशिक्षक शशी देवकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीबीच प्रतिस्पर्धा गराइने छ ।

भोलीसम्म आयोजना हुने प्रतियोगितामा बिजेता खेलाडीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनायो ।

नेपाल क्योकुशिन–कान कराँते सङ्घ लालबन्दीका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको विशिष्ठ आतिथ्यतामा कराँते प्रतियोगिताको उद्घाटन गरिएको हो ।