logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हाजिरीजवाफ प्रतियोगितामा आयोजक मजमावि प्रथम


  • उज्यालो अभियान

Oplus_0

सञ्जु कर्ण/हरिवन, २० जेठ – हरिवन नगर स्तरीय हाजिरीजवाफ प्रतियाेगितामा आयाेजक महादेव जनता मावि प्रथम भएकाे छ ।

हरिवन नगरपालिकाका भित्रका ११ वटा विद्यालय सहभागी प्रतियोगितामा मजमावि प्रथम भएको हाे ।प्रतियोगितामा सर्लाही एम्बिसन एकेडेमी स्कुल दोस्रो भएको छ भने सनराइज आवासीय मावि हरिवन तेस्राे भएको छ । ओमनिका ज्ञानज्योती आवासीय मावि नयाँरोड  र मोडेल युरिका एकेडेमी सुखेपोखरी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए । हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शिक्षक डिशन कार्की, टीका भण्डारी र दुर्लभ भट्टराईले सञ्चालन गरेको कार्यक्रमको हाजिरीजवाफको प्रश्नहरु शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले तयार पारेका थिए । अतिरिक्त क्रियाकलाप अन्तर्गत आगामी आर्थिक वर्षमा नगर स्तरीय विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए ।

हरिवन नगरपालिका-८ स्थित मजमाविको वार्षिक कार्यतालिका अनुसार आइतबार नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे ।